रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णीम वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।
रास्वपाका सभापति रवि लामिछाने दुईदिने भारत भ्रमणमा जान लागेकाले रास्वपाले उनको अनुपस्थितिमा पार्टीका कामकारबाही गर्न उपसभापति वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।
रास्वपाका अर्का उपसभापति डिपी अर्याल वरीयतामा वाग्लेभन्दा माथि छन् । तर अर्याल पनि लामिछानेसँगै विदेश भ्रमणमा जाने भएपछि वाग्लेलाई उक्त जिम्मेवारी दिइएको हो ।
सभापति लामिछाने शनिबार र आइतबार भारतमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुने बताइएको छ ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया