रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णीम वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।
रास्वपाका सभापति रवि लामिछाने दुईदिने भारत भ्रमणमा जान लागेकाले रास्वपाले उनको अनुपस्थितिमा पार्टीका कामकारबाही गर्न उपसभापति वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।
रास्वपाका अर्का उपसभापति डिपी अर्याल वरीयतामा वाग्लेभन्दा माथि छन् । तर अर्याल पनि लामिछानेसँगै विदेश भ्रमणमा जाने भएपछि वाग्लेलाई उक्त जिम्मेवारी दिइएको हो ।
सभापति लामिछाने शनिबार र आइतबार भारतमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुने बताइएको छ ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया