NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

काठमाडौं । हृदयघातका कारण आज विहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ ।

बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा विहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार न्यायाधीश मरासेनीकी छोरी पोखरामा भएका र उनी पोखराबाट काठमाडौं आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।