NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

सुनवलमा बस र ट्रक ठोक्किए, १७ जना घाइते

काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र ट्रक आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ ।

काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर गएराति ९ः४५ बजे सुनवल–४ स्थित अल्कत्रेडाँडामा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीले बसमा ३५ यात्रु सवार रहेकोमा १७ घाइते भएको जनाएको छ । यीमध्ये एक जनाको अवस्था गम्भीर छ भने ६ जना डिस्चार्ज भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपारसीका सूचना अधिकारी डिएसपी रमेश बोहराले घाइतेहरूको उद्धार गरेर देवदह मेडिकल कलेज, भुलही र लुम्बिनी प्रादेशिक अस्पताल, बुटबल पठाइएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले ट्रक चालक सुनिल दर्जीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।