सुनवलमा बस र ट्रक ठोक्किए, १७ जना घाइते
काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र ट्रक आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ ।
काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर गएराति ९ः४५ बजे सुनवल–४ स्थित अल्कत्रेडाँडामा ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीले बसमा ३५ यात्रु सवार रहेकोमा १७ घाइते भएको जनाएको छ । यीमध्ये एक जनाको अवस्था गम्भीर छ भने ६ जना डिस्चार्ज भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपारसीका सूचना अधिकारी डिएसपी रमेश बोहराले घाइतेहरूको उद्धार गरेर देवदह मेडिकल कलेज, भुलही र लुम्बिनी प्रादेशिक अस्पताल, बुटबल पठाइएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले ट्रक चालक सुनिल दर्जीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया