पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेको छ ।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा पार्टीले सो निर्णय गरेको हो ।
आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
त्यस्तै, नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा पनि स्थगित गरेको छ ।
समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो । त्यसका लागि माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि र सातै प्रदेशमा शीर्ष नेताहरु खटाइएको थियो ।
ताजा अपडेट
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने


प्रतिक्रिया