नेता नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौं । नेकपा (एमाले) का सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ ।
ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनका स्वकीय सचिव गणेश योङहाले जानकारी दिए । “उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन । उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ”, योङहाले भने, “सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।”
अस्पतालमा सांसद नेम्बाङको फिजियोथेरापी नियमित भइरहेको छ । डा गोपालरमण शर्माको नेतृत्वमा डा बाबुराम पोखरेल, डा प्रसन्ना कार्र्कीलगायतका चिकित्सकको समूहले उनको उपचार गरिरहेका छन् ।
नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका नेम्बाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । यही माघ १७ गते ताप्लेजुङ गएकाबेला उनलाई ‘ब्रेन स्ट्रोक’ भएपछि सोही दिन उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया