नेता नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । नेकपा (एमाले) का सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ ।
ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनका स्वकीय सचिव गणेश योङहाले जानकारी दिए । “उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन । उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ”, योङहाले भने, “सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।”
अस्पतालमा सांसद नेम्बाङको फिजियोथेरापी नियमित भइरहेको छ । डा गोपालरमण शर्माको नेतृत्वमा डा बाबुराम पोखरेल, डा प्रसन्ना कार्र्कीलगायतका चिकित्सकको समूहले उनको उपचार गरिरहेका छन् ।
नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका नेम्बाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । यही माघ १७ गते ताप्लेजुङ गएकाबेला उनलाई ‘ब्रेन स्ट्रोक’ भएपछि सोही दिन उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया