युएनडिपीले माग्यो सवारी चालक, यी योग्यता भएकाले दिनसक्छन् आवेदन

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले सवारी चालक पदमा जनशक्ति माग गरेको छ ।
युएनडिपीले एक सूचना प्रकाशित गर्दै काठमाडौंका लागि एक सवारी चालक माग गरेको हो । काठमाडौंका लागि मागिए पनि कामको सिलसिलामा उपत्यका बाहिर आवतजावत गरिरहनुपर्ने युएनडिपीले जनाएको छ ।
एसएलसी तथा एसइई उत्तीर्ण भई मान्यताप्राप्त संस्थाबाट हलुका तथा मझौला सवारी चालक अनुमतिपत्र लिएका, सवारीसाधन चलाएको कम्तीमा दुई वर्षको अनुभव भएकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
त्यस्तै सवारीसम्बन्धी कानून तथा नियमको पूर्ण जानकारी भएको, सवारी साधन मर्मत तथा सम्भारको अनुभव भएको, नेपाली र अंग्रेजी भाषा राम्ररी बोल्न र बुझ्न सक्ने पनि हुनुपर्नेछ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया