NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १० गते

पूर्वडिआइजीको घरमा प्रहरीको छापा

काठमाडौं । पूर्वडिआइजी छविलाल जोशी बञ्जाडेको घरमा प्रहरीले छापा हानेको छ । सहकारी ठगीसम्बन्धि घटनाको अनुसन्धानमा शंखमुलस्थित उनको घरमा बुधबार प्रहरीले छापा हानेको हो ।

जोशी ग्यालेन्सी टिभीका पूर्व साझेदार हुन् । सो टिभीका मुख्य लगानीकर्ता जिबी राई सहकारी ठगी मुद्दामा फरार छन् । सहकारीसम्बन्धि केही विवरण जोशीको घरबाट फेला परेको स्रोत बताउँछ ।

सहकारीको पैसा अवैध रुपमा टेलिभिजनमा लगाएको अनुसन्धानमा भेटिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि समेत केहीले छानबिनको माग गरेका छन् ।