NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

फागुन महिनाको लागि बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडाैं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्।  सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले फागुन १ गतेबाट लागू हुनेगरी ब्याजदर सार्वजनिक गरेका हुन् ।

फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी बैकले ब्याजदर घटाएका छन् ।

फागुनको लागि ब्याजदर सार्जजनिक गरेका बैंकहरूमध्ये सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिटिजन्स बैंक रहेको छ। सिटिजन्स बैंकले फागुन महिनाको लागि व्यक्तिगत व्यक्तिगत मुद्दतिमा ८.२५ प्रतिशत ब्याज दिने भएको छ। माघमा सो बैंकले व्यक्तिगत मुद्दतिमा ९.१५ प्रतिशत र संस्थागत निक्षेपमा ६.६ प्रतिशत ब्याजदर तोकेको थियो ।

नबिल बैंकले फागुन महिनाको लागि व्यक्तिगत निक्षेपतर्फ ७.७५ र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । माघमा नबिलले व्यक्तिगत निक्षेफतर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजर तोकेको थियो । ग्लोबल आइएमइ व्यक्तिगत निक्षेतर्फ ७.६, संस्थागत निक्षेपतर्फ ५.६ प्रतिशत, प्राइम बैक ७.४ र संस्थागततर्फ ५.४ प्रतिशत, कृषि विकास बैंक व्यक्तिगततर्फ ६.४४, संस्थागततर्फ ४.४४ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनआइएमबीले फागुनको लागि व्यक्तिगत निक्षेपमा ८ प्रतिशत र संस्थातगत निक्षेपतर्फ ६ प्रतिशत तोकेको छ । त्यस्तै एनआइसी एशियाले व्यक्तिगत निक्षेपतर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत नै ब्याजदर कायम गरेको छ ।

यसबाहेक नेपाल एसबिआइले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत, कुमारी बैंक व्यक्तिगत निक्षेपतर्फ ८.०१, संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर तोकेको छ । राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ७.३५, संस्थागततर्फ ५.३५, एनएमबीले व्यक्तिगततर्फ ८.५ र संस्थागततर्फ ६.५, प्रभु बैंकले व्यक्तिगतर्फ ७.५ र  संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।