NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

ललितानिवास जग्गा भ्रष्टाचारमा आंशिक ठहरको फैसला

काठमाडौं । बहुचर्चित ललितानिवास जग्गा हिनामिना भ्रष्टाचार मुद्दामा बिशेष अदालतले बिहीबार फैसला गरेको छ । विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो मुद्दा दर्ता भएको चार वर्षपछि फैसला सुनाएको हो । बिशेषले आंशिक ठहरको फैसला गरेको छ ।

फैसलाअनुसार मालपोतका कर्मचारी कलाधर देउजा, शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई मुख्य कसुरदार मानी सजाय सुनाएको छ । साथै सबै जग्गा जफत हुने ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ ०७६ मा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता गराएको थियो । सरकारका नाममा हुनुपर्ने एक सय ३६ रोपनीभन्दा बढी जग्गा योजनाबद्ध तरिकाले विभिन्न मितिमा कैफियतयुक्त गैरकानुनी निर्णयहरू गरी–गराई अनधिकृत व्यक्ति तथा संस्थाहरूका नाममा पु¥याएको दाबीसहित मुद्दा दायर भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष