NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २९ गते

विश्व कविता दिवसमा कविता महोत्सव गरिँदै

काठमाडौँ । साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ । जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले यही फागुन ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो ।

सदनका अध्यक्ष प्रा डा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताए । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीयलाई रु १० हजारको पुरस्कार दिइनेछ ।

सन् १९९९ मा संयुक्त राष्ट्र संघको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनिस्कोले हरेक मार्च २१ लाई विश्व कविता दिवस मनाउने निर्णय गरेसँगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष