लाजिम्पाटको सहकारीद्वारा १८ करोड ठगी, तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित उपलब्धि बहुउदेश्यीय सहकारीले सर्वसाधरणको १८ करोड भन्दा धेरै ठगी गरेको छ । प्रहरीले ११ सञ्चालकविरुद्ध ठगी मुद्दा दायर भएको छ ।
एक सय १ जना सदस्यको १८ करोड ४० लाख ५४ हजार ठगी गरेको अभियोग उनीहरुमाथि छ । सहकारीका अध्यक्ष विपिन शर्मा मिश्र, उपाध्यक्ष रोशन थापा, सचिव अनिल प्रसाद खनाल र कोषाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई प्रतिवादी बनाइएको छ । अध्यक्ष मिश्रको गत साउनमा हृदयघातबाट मृत्यु भइसकेको छ ।
त्यस्तै, संस्थाका सदस्यहरू गीता सिलवाल, सुशिला दाहाल, नवराज पोखरेल, सानु राजा शिल्पकार, बिनु सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रतिभा निरौला र सल्लाहकार देवराज शर्माविरुद्ध मुद्दा दायर भएको हो । संस्थाका सञ्चालकहरुले सहकारीको पैसा आफ्नो निजी कम्पनीमा लगानी गरी संस्थाको रकम हिनामिना गरेको प्रहरीले जनाएको छ ।
संस्थाका अध्यक्ष मिश्रले उपलब्धि प्रकाशन सेवामा ११ करोड ८१ लाख तथा पूर्वअध्यक्ष शर्माले करुणा इन्टेरियरमा ८ करोड ८२ लाख ऋण लिई फिर्ता नगरेपछि संस्था धरासायी बनेको हो । त्यस्तै, व्यवस्थापन निरौलाले आफन्तको नाममा कर्जा दिएर संस्थाको बचत हिनामिना गरेको प्रहरीले जनाएको छ । निरौला अध्यक्ष विपिनकी श्रीमती हुन् । अध्यक्ष र पूर्वअध्यक्ष दाजुभाई हुन् । सहकारीलाई निजी कम्पनीका रुपमा चलाएर उनीहरुले अनियमितता गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पूर्वअध्यक्ष देवराज शर्मा, उपाध्यक्ष रोशन थापा, कोषाध्यक्ष कृष्ण प्रसाद भट्टराईलाई पक्राउ गरेर तथा अन्यलाई फरार प्रतिवादीका रुपमा मुद्दा दायर गरेको छ ।
४६ करोड २४ लाख सो सहकारीले सदस्यको पैसा फिर्ता गर्नुपर्ने र ३७ लाख करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको अनुुसन्धानमा खुलेको छ । मुद्दा दायर भइसकेपछि पनि जाहेरी थपिने क्रम रहेको दरबारमार्ग वृत्तका डिएसपी गोविन्द थापाले बताए ।
ताजा अपडेट
-
कमला नदीमा दुई लाख माछाका भुरा छोडियो
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
प्रतिक्रिया