उपभोक्ता हित समितिका सभापति खानद्वारा उद्योगमा अनुगमन

बाँके । संसदको उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बाँकेको पिपरहास्थित रहेको के एल दुगड उद्योग अन्तर्गत रहेको फुड प्रोडक्ट प्रालिसहित आधा दर्जन उद्योगको अनुगमन तथा निरीक्षण गरेका छन् ।
सभापति खानले आइतबार उद्योगको प्लान्ट तथा खानी क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन् । के एल दुगड उद्योगका प्राबिधिक म्यानेजर प्रेमकुमार शर्माले सभापति खानलाई प्लान्ट तथा खानी क्षेत्रको स्थलगत जानकारी गराएका छन् ।
अनुगमनका क्रममा सभापति खानले औषधि उधोग पानस र अम्बे स्टिल उद्योगको खानी विभागमा कार्यरत कर्मचारीहरूलाई भेट गरेका छन् । कर्मचारीहरूले सभापति खान समक्ष आ–आफ्ना समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए। अनुगमन तथा निरीक्षणमा आफ्नो मुख्य उद्देश्य नै कर्मचारीको भावना बुझ्ने र गुणस्तर खाध बस्तुको अवस्थाका बारेमा जानकारी लिने रहेको बताउँदै सभापति खानले यथाशीघ्र सबै समस्याको समाधानका लागि आफू अग्रसर रहने बताए ।
अनुगमनका क्रममा के एल दुगडले उत्पादन गरेको चुराको २० केजिको बोरामा १८/ १९ केजि र अरुवा चामलको ५० केजिको बोरामा २ सय ग्राम तौलको कम राखेर बिक्री गर्दे आएको पाएपछि तौल संगै गुणस्तरमा सुधार गर्न सभापति खान मजदुरको सुरक्षामा गम्भीर बन्न निर्देशन दिएका छन् । तौलमा घोटाला गर्ने र कमशल सामग्रीको प्रयोग गर्ने उधोगलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।
सभापति खानले सहज उपाय निकालेर देखिएको सबै समस्या समाधान गर्ने बताउँदै उद्योगलाई सबल बनाउन सबै तहका कर्मचारीहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
ताजा अपडेट
-
कमला नदीमा दुई लाख माछाका भुरा छोडियो
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
प्रतिक्रिया