मेलम्ची भ्रष्टाचारमा ओलीका सल्लाहकारदेखि माओवादी नेतासम्म
काठमाडौं । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मेलम्ची आयोजनाको भ्रष्टाचार मुद्दामा केपी ओलीका सल्लाहकारदेखि माओवादी नेतासम्म भएको खुलेको छ । आयोगले केपी ओलीका सल्लाहकार बनेका घनश्याम भट्टराई तथा माओवादीका केन्द्रीय नेता चन्द्रबहादुर थापालाई समेत प्रतिवादी बनाएको छ ।
भट्टराई मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारीका निर्देशक थिए । त्यहाँबाट अवकाशपछि उनी केपी ओलीको विकास विज्ञका रुपमा नियुक्त भएका थिए । भट्टराईविरुद्ध २२ करोड ७५ लाख १९ हजार ८९६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ त्यस्तै आयोगले माओवादीका नेता चन्द्रबहादुर थापालाई पनि प्रतिवादी बनाएको छ । उनी बोर्ड सदस्यका रुपमा गैरकानुनी भुक्तानीसम्बन्धि निर्णयमा संलग्न थिए । सिन्धुपाल्चोकका स्थानीय भएको आधारमा उनी बोर्ड सदस्य बनेका थिए । उनलाई ७१ करोड ५८ लाख बिगो कायम गरिएको छ ।
आयोगले चार पूर्वसचिवसहित १५ जना व्यक्ति र तीन कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो । पूर्वसचिवहरू गजेन्द्र ठाकुर, संजय शर्मा, भिम उपाध्यक्ष र मुकुन्द पौडेललाई प्रतिवादी बनाइएको छ ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया