मेलम्ची भ्रष्टाचारमा ओलीका सल्लाहकारदेखि माओवादी नेतासम्म
काठमाडौं । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मेलम्ची आयोजनाको भ्रष्टाचार मुद्दामा केपी ओलीका सल्लाहकारदेखि माओवादी नेतासम्म भएको खुलेको छ । आयोगले केपी ओलीका सल्लाहकार बनेका घनश्याम भट्टराई तथा माओवादीका केन्द्रीय नेता चन्द्रबहादुर थापालाई समेत प्रतिवादी बनाएको छ ।
भट्टराई मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारीका निर्देशक थिए । त्यहाँबाट अवकाशपछि उनी केपी ओलीको विकास विज्ञका रुपमा नियुक्त भएका थिए । भट्टराईविरुद्ध २२ करोड ७५ लाख १९ हजार ८९६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ त्यस्तै आयोगले माओवादीका नेता चन्द्रबहादुर थापालाई पनि प्रतिवादी बनाएको छ । उनी बोर्ड सदस्यका रुपमा गैरकानुनी भुक्तानीसम्बन्धि निर्णयमा संलग्न थिए । सिन्धुपाल्चोकका स्थानीय भएको आधारमा उनी बोर्ड सदस्य बनेका थिए । उनलाई ७१ करोड ५८ लाख बिगो कायम गरिएको छ ।
आयोगले चार पूर्वसचिवसहित १५ जना व्यक्ति र तीन कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो । पूर्वसचिवहरू गजेन्द्र ठाकुर, संजय शर्मा, भिम उपाध्यक्ष र मुकुन्द पौडेललाई प्रतिवादी बनाइएको छ ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया