मन्त्री ज्वालामाथि कारबाहीको विषय आजै टुङ्गिन्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाका मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषय आजै टुङ्गिने बताएका छन् ।
मंगलबार बालुवाटारमा ‘गोरखा पत्रकार समाज नेपाल’का नवनिर्वाचित कार्यसमितिसँगको कुराकानीमा प्रचण्डले ज्वालाको विषय अध्ययन भइरहेको बताए । अध्ययनपछि आजै यो विषयमा के गर्ने भन्नेबारे टुङ्गो लगाइने प्रचण्डको भनाइ थियो ।
उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि जिम्मेवार भएको निष्कर्ष निकालेको थियो । सो निष्कर्षपछि प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका थिए ।
सो घटनामा मन्त्रीसँगै पीएसओ र फिल्ड कमाण्डर डीएसपी पनि दोषी देखिएको आयोगको निष्कर्ष निकालेको छ ।
ताजा अपडेट
-
बाँझिएको पाखोबारीमा झाडी फाडेर विद्यार्थीले गरे तरकारी खेती
-
असार बित्न लाग्दा पनि परेन पानी, खेतमै सुक्यो धानको ब्याड
-
प्रतिनिधि सभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम
-
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पूर्वानुमान
प्रतिक्रिया