नेपाली नागरिकलाई सिमकार्ड दिन भारत तयार
काठमाडौं ।भारतमा नेपाली नागरिकले नेपाली कागजातका आधारमा मोबाइल सिमकार्ड खरिद गर्न पाउने भएका छन् । नेपाली नागरिकता, राहदानी वा निर्वाचन परिचयपत्रका आधारमा सिमकार्ड उपलब्ध हुने भारतको सूचना मन्त्रालयअन्तर्गतको सूचना विभागले जानकारी दिएको छ ।
‘अब नेपाली नागरिकले भारतमा सिमकार्ड लिन पाउनेछन् । उपचारदेखि अध्ययन र तीर्थाटन गर्न आउने नेपालीले सामना गर्दै आएको समस्या अब समाधान भएको छ,’ भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भने, ‘पासपोर्ट, नागरिकता वा निर्वाचन परिचयपत्रमध्ये एउटा कागजका आधारमा नेपाली नागरिकले अब सिमकार्ड प्राप्त गर्ने सुनिश्चित भयो । यसको कार्यान्वयन गर्न एक साताजति समय लाग्छ भन्ने जानकारी आएको छ ।’ नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया