NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ९ गते

उपकुलपति बराललाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.केशरजंग बराललाई बधाई दिदै कार्यकालको शुभकामना व्यक्त गरेका छन्। शुक्रबार भएको भेटमा प्रधानमन्त्रीले विश्वबिद्यालयमा सुधार गर्न निर्देशन दिएका छन् ।

भेटमा उपकुलपति बरालले त्रिभुवन विश्वविद्यालय र यसमार्फत नेपालको उच्च शिक्षालाई सुधार गर्न आफुले प्राप्त जिम्मेवारीलाई पूरा गर्ने र कुलपतिको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा योगदान गर्ने बताए ।

शैक्षिक क्यालेन्डर लागू गर्ने, पाठ्यक्रम परिमार्जन गर्ने, स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न सरोकारवालालाई विश्वासमा लिई काम गर्ने, उच्च शिक्षाको गुणस्तर निर्माण गर्दै बन्चितिकरणमा परेका तल्लो वर्गलाई शिक्षामा अवसर प्रदान गर्ने तथा शैक्षिक मर्यादा र अनुशासनमा सम्झौता नगर्ने अठोट व्यक्त गरेका छन् । शुक्रबार नै उनले पदभार सम्हालेका छन् ।