दुई प्रहरी भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं । नेपाल प्रहरीका दुई कर्मचारी घुस लिएको मुद्दामा अदालतबाट दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको दुई छुट्टाछुट्टै मुद्दाको बिशेष अदालतले शुक्रबार फैसला सुनाउदै दोषी ठहर गरेको हो ।
बर्दियाको मैनापोखर स्थित ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरीक्षक पवन साउद दोषी ठहर भएका छन् । उनी गत १२ मंसिरमा ३० हजार घुससहित पक्राउ परेका थिए । लागू औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिएका थिए । मुद्दा दायर भएको दुई महिनामै बिशेषले फैसला सुनाएको हो ।
त्यस्तै, एक लाख रुपैयाँ घुससहित पक्राउ परेका प्रहरी प्रभाग बुढानिलकण्ठका बरिष्ठ हवल्दार विष्णु सिंह पनि दोषी ठहर भएका छन् । उनी गत साउनमा एक लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । बालुवा उत्खननका लागि सहजीकरण गरिदिने भन्दै उनले एक लाख घुस लिएका थिए ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया