NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १६ गते

‘दमकको बालुवाटारकाण्ड’, माओवादी नेतासहित १७२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । झापाको दमकमा २९ विगाहा १७ कठ्ठा सरकारी जग्गा हिनामिनामा एक सय ७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत तथा नापीका कर्मचारी र जग्गधनीविरुद्ध मुद्दा दायर गरेको हो ।

दमकको रतुवा खोला आसपासको सो सरकारी जग्गा पुनःनापीका बखत विभिन्न व्यक्तिको नाममा घुसाएर हिनामिना भएको थियो । जून काठमाडौंको बालुवाटारको जस्तै अर्काे ठूलो जग्गा हिनामिना हो । जून दमकको बालुवाटारकाण्डका नामले समेत परिचित छ । जसको नेतृत्व माओवादी नेता रेवतराज(गगन) पुरीले गरेका थिए । पुरी र उनका परिवारविरुद्ध पनि मुद्दा दायर भएको छ ।