NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

मन र समाजको तादम्यता मिल्यो भने मात्र मान्छेले जीवन अघि बढाउन सक्छः एसपी खड्का

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय, काभ्रेकी प्रहरी उपरीक्षक(एसपी) बसुन्धरा खड्काले आत्महत्या न्यूनीकरणका लागि फरक ढंगबाट काम गर्नुपर्नेमा जोड दिएकी छिन् । जिल्लामा आत्महत्याका घटना बढ्दो रहेको र रोकथाम चुनौतीपूर्ण रहेकाले यसमा प्रहरीको एकल प्रयासले सम्भव नभएकाले सामूहिक योजना बनाएरै अघि बढ्नुपर्ने बताइन् ।

आइतबार काभ्रेका सञ्चारकर्मीहरुसँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले आत्महत्या रोकथामका लागि समाजमा सबैको भूमिका हुने भन्दै यसका लागि सामूहिक प्रयास आवश्यक रहेको र बिशेष योजना बनाएरै अघि बढीने बताइन् ।

‘मन र समाजको तादम्यता मिल्यो भने मात्र मान्छेले कोप गर्न सक्छ, जीवन अघि बढाउन सक्छ,’ उनले भनिन्,‘यसका लागि स्कुलदेखि नै पढाउनेदेखि परामर्श दिनेसम्मका काम आवश्यक छ ।’

गत साता काभ्रेको कमाण्ड सम्हालेकी खड्काले आत्महत्या रोकथामलाई प्राथमिकतामा राखेर प्रहरीले काम गर्ने बताएकी छिन् ।

प्रविधिमैत्री पुलिसिङमा जोड दिनुका साथै लागुऔषधको कारोबार र सेवनको नियन्त्रणलाई काभ्रे प्रहरीले प्राथमिकतामा राखेर काम गर्ने बताएकी छिन् । जिल्लालाई सुरक्षित बनाउन प्रहरीले थप परिष्कृत ढंगले काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छिन् ।

ताजा अपडेट

नेपालवाच विशेष