महाधिवेशनमा दस्तावेज लेखनका लागि सुझाव पठाउन निर्देशन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), सम्पर्क विशेष प्रदेश कमिटीले पार्टीको १०औँ महाधिवेशनमा दस्तावेज लेखनका लागि मातहतका सातवटा प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ ।
कमिटीले आगामी जेठ ३ देखि ७ गतेसम्म हुने महाधिवेशनमा मातहतका सबै निकायबाट सुझाव सङ्कलन गर्ने उद्देश्यले एक साताभित्र सुझाव पठाउन निर्देशन दिएको हो । कमिटी अध्यक्ष वीरवलकाजी राईको अध्यक्षतामा पाँच सदस्यीय दस्तावेज सुझाव समिति पनि गठन गरिएको छ । कमिटीले आफ्नो मातहतका सबै सम्पर्क कमिटी र जिल्ला सम्पर्क मञ्चलाई पुनर्गठन गरी कमिटी व्यवस्थित गर्ने जनाएको छ ।
पार्टीको अन्तरपार्टी निर्देशनानुसार महाधिवेशन केन्द्रित दुईमहिने पार्टी सङ्गठन निर्माण अभियान सफल बनाउन सम्पर्क विशेष प्रदेश कमिटीलाई पत्राचार गरिएको कमिटी अध्यक्ष राईले जानकारी दिए ।
पार्टी सदस्यता व्यवस्थित र विस्तार, संगठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, सदस्यता वितरण गर्न सदस्यता शुल्कलाई व्यवस्थित गर्ने र कार्यालय व्यवस्थापनका लागि सम्पर्क मञ्च र प्रदेश सम्पर्क कमिटीलाई आवश्यकतानुसार दायित्व तोकी सम्पर्क कार्यालयलाई व्यवस्थित बनाउने काममा सो कमिटी लाग्नेछ । सबै प्रदेश सम्पर्क कमिटीले आ-आफ्नो कमिटीमा बैठक गरी त्यसको निर्णय केन्द्रमा पठाउन सर्कुलर पनि जारी गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया