बलेरो र टिपर ठोक्किए, दुईको मृत्यु, पाँच घाइते
बेलबारी । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे१ज २८५६ नम्बरको बोलेरोलार्ई ठक्कर दिएको थियो ।
मृत्युहुनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया गीता खनालको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जना गम्भीर अवस्थामा रहेका प्रहरी निरीक्षक दाहालले बताए ।
घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया