NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

एक लाख घुससहित पक्राउ परेका लेखापाललाई सफाइ

काठमाडौं । एक लाख घुससहित पक्राउ परेका लेखापालले सफाइ पाएका छन् । सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेलले बिशेष अदालतबाट शुक्रबार सफाइ पाएका हुन् ।

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग उनले घुस लिएका थिए । गत असारको २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित पक्राउ गरेको थियो । ३२ साउनमा मुद्दा दायर भएकोमा सात महिनापछि सफाइ पाएका हुन् ।