सत्तागठबन्धन भत्कियो, एमाले–माओवादी फेरि एक ठाउँमा
काठमाडौं ।कांग्रेस–माओवादीलगायत दल सम्मिलित सत्ता गठबन्धन पुनः भत्किएको छ । अब फेरि एमाले र माओवादी सहकार्य गरेर अघि बढ्न सहमत भएका छन् ।
एमाले र माओवादी केन्द्रका नेताबीच गएराति भएको छलफलमा यस्तो सहमति बनेको हो ।
माओवादीसँग निरन्तर संवादमा रहेका एक एमाले नेताले माओवादी कांग्रेससँग गठबन्धन तोडेर आफूहरूसँगै सहकार्य गरेर अघि बढ्न तयार भएको जानकारी दिए ।
‘प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सो दलका नेतासँग गएराति संवादमा बसेका थियौं । त्यसमा एमाले–माओवादी सरकारलगायतमा सहकार्य गरेर जाने सहमति भएको छ,’ ती नेताले भने ।
एमाले र माओवादीबीच गएराति भएको सहमतिअनुसार, अब प्रचण्डकै नेतृत्वमा एमाले सरकारमा सहभागी हुनेछ ।
सरकारमा रास्वपालगायत अरु दल आउने बताइए पनि यो भने टुंगिन बाँकी छ ।
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दैछन् । एमाले स्रोतका अनुसार एमालेसँको सहमतिअनुसार सत्ता गठबन्धनबाट अलग भएको जानकारी दिन प्रचण्डले देउवालाई भेट्न लागेका हुन् ।
सुरुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको समर्थनमै प्रधानमन्त्री बनेका थिए । बीचमा यो गठबन्धन छाडेर कांग्रेससँग सहकार्य गरेका उनी पुनः एमालेतिरै फर्किएका हुन् ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया