देउवाले बोलाए कांग्रेस पदाधिकारीको आकष्मिक बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको आकष्मिक बैठक बोलाएका छन् ।
देशको राजनीतिमा देखापरेको नयाँ घटनक्रमबारे छलफल गर्न देउवाले आकष्मिक बैठक डाकेका हुन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गएराति कांग्रेससँग गठबन्धन टुटाएर एमालेसँग सहकार्य गर्ने समझदारी गरेका छन् । प्रचण्डले नयाँ कदम चालेसँगै देशको राजनीति तीव्र रुपमा तरंगित छ ।
कांग्रेसका एक नेताले राजनीतिमा फेरिएको नयाँ परिदृश्यमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न पार्टी सभापति देउवाले पदाधिकारी बैठक डाकेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले एमालेसँगको सहमतिअनुसार देउवालाई गठबन्धन टुटेको जानकारी दिने तयारी गरेका छन् । तर देउवा प्रचण्डको असन्तुष्टि सम्बोधन गरेरै भए पनि उनलाई रोक्ने अन्तिम प्रयासमा छन् ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया