रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप अभियान

त्रिवेणी । रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिए ।
उनका अनुसार मुसीकोट र चौरजहारी नगरपालिकामा गत असोजमै खोप कार्यक्रम सञ्चालन गरिसकिएको छ । बाँकी चार स्थानीय तह सानीभेरी, बाँफीकोट, त्रिवेणी गाउँपालिका तथा आठबिसकोट नगरपालिकामा यही फागुन २१ गतेदेखि २४ गतेसम्म कोरोनाविरद्धको खोप अभियान सञ्चालन हुने उनले बताए ।
जिल्लाका चारवटा स्थानीय तहका लागि स्वास्थ्य सेवा कार्यालयमा दुई हजार २९० डोज खोप आइसकेको छ । खोप १२ वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने छ । यसका साथै पहिले कोरोनाविरुद्धको खोप लगाउन छुटेका व्यक्तिले पनि खोप लगाउन पाउने छन् ।
कोभिड खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले यसबारेमा गत बिहीबार नै निर्णय गरिसकेको छ । आजदेखि सञ्चालन हुने कोरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य सेवा कार्यालयले सम्बन्धित स्थानीय तहका स्वास्थ्य सेवा शाखा, स्वास्थ्य स्वयम्सेविकासँग समन्वय गरेर खोप लगाउने गरी तयारी भएको जनाएको छ ।
ताजा अपडेट
-
करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
-
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य
-
टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटको प्रक्षेपण
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
कर्णाली प्रदेश : चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
प्रतिक्रिया