चार दलबीच आठ बुँदे सहमति, राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई
काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँग चार दलबीच आठ बुँदे सहमति भएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीभित्र लिखित समझदारी भएको हो ।
समझदारीअनुसार सरकारको नेतृत्व प्रचण्डले गर्ने उल्लेख छ । साथै, राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेले पाउने भएको छ ।
नयाँ सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने सम्भावना छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर सरकारमा आउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई लिएर नेपाललाई भेट्न गएका थिए । भेटमा सरकारमा सहभागी हुन प्रचण्डले आग्रह गरेका थिए । नेता नेपालले पार्टीमा छलफल गर्ने बताएका छन् । स्रोतका अनुसार समाजवादी पनि सरकारमा जाने तयारीमा छ ।
प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरी नयाँ सरकार बनाउन लागेका हुन् । सोमबार प्रधानमन्त्रीले एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याललाई मन्त्री नियुक्त गरेका छन् । तर, जिम्मेवारी भने तोकिएको छैन ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो



प्रतिक्रिया