एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारबारे निर्णय लिने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने, नहुने विषयलाई टुङ्गो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणको विकास भएपछि नेपका (माओवादी केन्द्र) र नेकपा (एमाले) ले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।
बैठकमा पार्टीले सत्ता समीकरणको उद्देश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तय गर्ने सचिव श्रेष्ठले बताए ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया