NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

प्रविधियुक्त बन्दै काठमाडौं प्रहरी

काठमाडौं । काठमाडौंमा प्रहरीले प्रविधिको प्रयोगमार्फत शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई प्राथमिकता दिएको छ । जसअनुसार २४ सै घन्टा परिचालन हुने क्यूक रेस्पन्स टिम(क्यूआरटी)को प्रविधियुक्त बन्दै गएको छ ।

मोटरसाइकलमा गस्ती गर्ने क्यूआरटी टोलीसँग अब जिपिएस ट्रयाकिङ डिभाइस, बडीवर्न क्यामेरा समेत हुने छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले क्युआरटी टिमलाई विभिन्न एसेससरीज्हरू प्रदान गरेका छन् । सुरक्षा उपकरणयुक्त क्युआरटी परिचालनले काठमाडौंको सुरक्षा प्रबन्धमा थप सहज र प्रभावकारी हुने काठमाडौंका एसएसपी भूपेन्द्रबहादुर खत्रीले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष