NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

जलस्रोतका हाकिमसहित पाँच जनालाई भ्रष्टाचारमा सफाइ

काठमाडौं । भ्रष्टाचार मुद्दामा दुई कर्मचारीसहित पाँच जनाले सफाइ पाएका छन् । भूगिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन, बुटवलबाट पेटबनिया सिचाइ योजनामा भएको भ्रष्टाचार मुद्दामा भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छा कुमार श्रेष्ठ र इन्जिनियर सन्तोष कुमार दासले सफाइ पाएका हुन् ।

निर्माणधीन आयोजनाको निरन्तर अनुगमन सुपरीवेक्षण, निर्माण सम्पन्न भएको कामको मात्र स्थलगत नापजाँच गरी प्रचलित सार्वजनिक खरिद ऐन, नियम, ठेक्का सम्झौताका शर्त अनुसार पछिसम्म फरक नपर्ने गरी भएको कामको मात्र भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो विपरीत काम गरेको अख्तियारको अभियोग थियो ।

साथै, साविक महेश निर्माण सेवा बर्दघाट –४ नवलपरासीका प्रोप्राइटर तथा हाल महेश इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रा.लि.का संचालक ध्रुव प्रसाद उपाध्याय, महेश इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रा.लि.का प्रबन्ध निर्देशक मनोज कुमार खनालविरुद्ध पनि मुद्दा दायर भएकोमा उनीहरुले पनि सफाइ पाएका छन् । उनीहरुमाथि तीन लाख पाँच हजार भ्रष्टाचारको अभियोग थियो ।

ताजा अपडेट

नेपालवाच विशेष