गाउँपालिका पूर्वअध्यक्ष र प्रशासकीय अधिकृतसहित सात जनालाई सफाइ

काठमाडौैं । रुपन्देहीको ओमसतिया गाउँपालिकाका पूर्वअध्यक्षसहित सात जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । तत्कालिन अध्यक्ष हिरा केवट(रावल), तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहितले सफाइ पाएका हुन् ।
प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्र्तगत अध्यक्षका सहोदर भाउजु दुर्गा देवी केवट संचालक रहेको सहानी स मिलसँग सम्झौता गरी २० लाख ७० हजार अनुदान दिइएको थियो । नियम मिचेर अनुदान दिइएको भन्दै तत्कालिन अध्यक्षसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
जसमा लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुबोधराज भट्टराई, व्यवसायिक माछा ब्कल सञ्चालक समितिका अध्यक्ष उमेश केवट, सचिव नरेन्द्र प्रसाद चौधरी र सहानी सःमिलका सञ्चालक दुर्गादेवी केवटविरुद्ध मुद्दा दायर भएकोमा सबैले सफाइ पाएका हुन् ।
प्रतिक्रिया