सुदूरपश्चिम प्रदेश सरकारबाट एकीकृत समाजवादी पनि बाहिरियो, शाह अल्पमतमा
काठमाडौं । एकीकृत समाजवादी पार्टी सुदरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्दै प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरू फिर्ता भएका हुन् ।
सुदूरपश्चिम प्रदेशसभामा चार सदस्य रहेको एकीकृत समाजवादीबाट प्रदेश सरकारमा कमलबहादुर शाही आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा थिए ।
मुख्यमन्त्रीको सचिवालयले बिहीबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहसँग भेटेर सरकारबाट बाहिरिने निर्णय सुनाएको जनाएको छ ।
एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने अहिलेसम्म गरेको छैन । सो पार्टीका एक नेताका अनुसार, यसबारे निर्णय लिन बिहीबार एकीकृत समाजवादीको संसदीय दलको बैठक बोलाइएको छ ।
यसअघि बुधबार नै सुदूरपश्चिम प्रदेश सरकारको साझेदार रहेको माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएको छ । समाजवादीले समेत बिहीबार सरकारबाट बाहिरिने जानकारी दिएकाले मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया