सुदूरपश्चिम प्रदेश सरकारबाट एकीकृत समाजवादी पनि बाहिरियो, शाह अल्पमतमा

काठमाडौं । एकीकृत समाजवादी पार्टी सुदरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्दै प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरू फिर्ता भएका हुन् ।
सुदूरपश्चिम प्रदेशसभामा चार सदस्य रहेको एकीकृत समाजवादीबाट प्रदेश सरकारमा कमलबहादुर शाही आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा थिए ।
मुख्यमन्त्रीको सचिवालयले बिहीबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहसँग भेटेर सरकारबाट बाहिरिने निर्णय सुनाएको जनाएको छ ।
एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने अहिलेसम्म गरेको छैन । सो पार्टीका एक नेताका अनुसार, यसबारे निर्णय लिन बिहीबार एकीकृत समाजवादीको संसदीय दलको बैठक बोलाइएको छ ।
यसअघि बुधबार नै सुदूरपश्चिम प्रदेश सरकारको साझेदार रहेको माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएको छ । समाजवादीले समेत बिहीबार सरकारबाट बाहिरिने जानकारी दिएकाले मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया