NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कर्णाली प्रदेशसभाको बैठक बस्दै

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ । कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै बुधबार पहिलो बैठक बस्ने भएको हो ।

प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष सिफारिस भएको थियो । जसअनुसार प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारका (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गरेका हुन् । 

आज बस्ने बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकका लागि कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले सभाका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७९, को नियम (३) को उपनियम (३) बमोजिम सदस्यहरुलाई उपस्थितिका लागि सूचना गरिएको छ । 

ताजा अपडेट

नेपालवाच विशेष