NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

चैत्र महिनाका लागि बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?

काठमाडाैं । भोलिबाट चैत्र महिना सुरू हुँदैछ । वाणिज्य बैंकहरूले चैत्र महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । चैत्र महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १७ वटा वाणिज्य बैंकले ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । दुई बैंकले भने फागुन महिनाकै ब्याजदरलाई नै निरन्तरता दिएका छन् । चैत्र महिनामा प्रभु बैंक र ग्लोबल आइएमइ बैंकले ब्याजदर स्थिर राखेका छन्।

प्रभु बैंकले व्यक्तिगत मुद्दतिको ब्याजदर अधिकतम ७.५ तोकेको छ भने संस्थागततर्फ भने ब्याजदर भने १ प्रतिशत बढाएर ६.५ प्रतिशतका कायम गरेको छ ।

त्यस्तै ग्लोबलले पनि मुद्दतिको ब्याजदर अधिकतम ७.५ ब्याजदर कायम गरेको छ । बैंकले संस्थागततर्फ १ प्रतिशत ब्याज बढाएर ६.५ प्रतिशत तोकेको छ ।

चैत्र महिनाका लागि ब्याजदर बढाउने बैंकहरूमध्ये एन एनआईसी एशियाले व्यक्तिगत मुद्दतितर्फ ८.५४ प्रतिशत प्रतिशत तोकेको छ । फागुनमा एनआईसी एशियाले ८ प्रतिशत ब्याज प्रदान गरेको थियो । एनआईसीले संस्थागत मुद्दातितर्फ ७.५४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले फागुनमा संस्थागत मुद्दातितर्फ ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो । त्यस्तै माछापुच्छ्रे बैंकले व्यक्तिगत तर्फ ७.७५ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याजदर तोकेको छ । प्राइम कर्मसियल बैंकले व्यक्तिगत मुद्दति तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.६ प्रतिशत ब्याजर तोकेको छ ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत, नेपाल बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत, एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षप तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.३५ प्रतिशत, सिटिजन्स बैंकले व्यक्तिगत मुद्दति तर्फ ७.७५ प्रतिशत र संस्थागत तर्फ ६.१५ प्रतिशत, एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत, सानिमा बैंकले व्यक्तिगत मुद्दति निक्षेप तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगत तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशत ब्याजदर दिने भएको छ ।

यसैगरी स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत, कुमारीले व्यक्तिगत तर्फ ७.५१ प्रतिशत र संस्थागत तर्फ ६.५१ प्रतिशत, सिद्धार्थ र लक्ष्मी सनराइजले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६.५ प्रतिशत बराबरी, हिमालयन बैंकले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत, नेपाल एसबिआईले व्यक्तिगत तर्फ ७.०१ प्रतिशत र संस्थागत तर्फ ६.०१ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।

सबैभन्दा कम ब्याजदर भने कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ५.६६१ प्रतिशत र संस्थागत निक्षेपमा ४.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।