भारतीय कुखुराको चल्ला जिउँदै जलाएको घटनाप्रति पशु कल्याण संघको घोर आपत्ति
काठमाडाैं । भारतबाट अवैध रूपमा भित्र्याइएका पाँच हजार चल्लाहरूलाई जिउँदै आगोमा हालेर नष्ट गरेको घटनाप्रति नेपाल पशु कल्यण संघले घोर आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गरी उक्त अमानवीय घटनाप्रति दुख व्यक्त गर्दै आपत्ति जनाएको हो ।
केही दिन अघि मात्रै विन्दवासिनी गाउँपालिका–४ अमरपट्टी स्थित सडकखण्डबाट प्रहरीकाे टाेली र पशु क्वारेन्टाइनकै संलग्नतामा उक्त कुखुराको चल्ला नष्ट गरेको थियो ।
‘ती अबोध चल्लाहरुप्रतिको अमानविय दृश्यले लापरबाहीको चरम सिमा नाघेको पुष्टि गर्दछ। साथै नेपाल प्रहरीजस्तो जिम्मेवर निकायबाट नै यस्तो घटना हुन गएकोमा सम्पूर्ण पशुप्रेमीहरुलाई मर्माहित बनाएको छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अवैध ढंगले भित्र्याइएका चल्लाहरुको निम्ति पशुमैत्रिक विकल्प अप्नाउनुको सट्टामा तिनीहरुलाई जिउँदै आगोमा फालिएको हुँदा पशु कल्याण उल्लंग्घन भएको संघको धारणा छ । संघले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथी कडा कानुनी कारबाहीको माग राखेको छ ।
नेपालमा पशुहरुप्रति हुने दमनलगायत क्रुरतामा रोक लगाउनका निम्ति यस्ता अमानविय व्यवहारहरु दण्डनीय हुने भनी उल्लेख गरिएको छ। मुलुकी अपराध संहिता २०७४ अनुरुप पशुपंक्षीमाथि हुने क्रुरताको विरुद्ध पशु हिंसा गर्नेलाई सजायको व्यवस्था गरिएको छ ।
उक्त संहिताअनुसार पशु हिंसा गर्नेलाई ३ महिनासम्म जेल र पाँच हजार जरिवना हुने व्यवस्था छ । कानुनमा सजय व्यवस्था गरेपनि त्यही निकायका व्यक्तिहरूबाटै पशु हिंसा हुनु भनेको दुखलग्दो घटना भएको स्नेहा केयरकीअध्यक्ष स्नेहा श्रेष्ठले बताइन् ।
भिडियाे लिंक
https://www.facebook.com/reel/825243122755212
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया