२३ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । २३ निर्माण तथा आपूर्ति कम्पनी सरकारको कालोसूचीमा परेका छन् । कबोलअनुसारको काम नगरेपछि यी कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका निर्माण कम्पनीमा आइएमएस कन्स्ट्रक्सन प्रालि, अर्भाली इन्फ्रापावर लि, नयाँ दिल्ली, गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालि, सरस्वती निर्माण सेवा, धिताल बिल्डर्स, एकेज कन्स्ट्रक्सन, देउवती बज्यै निर्माण सेवालगायत छन् । यी कम्पनीलाई सरकारी खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।
विभिन्न सरकारी निकायले २३ निर्माण तथा आपूर्ति कम्पनीले कबोलअनुसारको काम नगरेको उल्लेख गर्दै कारबाही गर्न लिखित आग्रह गरेकाले चैत १३ गतेको निर्णयानुसार कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कुनै पनि सरकारी निकायले खरिद प्रक्रियामा सहभागी फर्म तथा कम्पनीलाई कालोसूचीमा राख्न लिखित पत्राचार गरेको खण्डमा स्पष्टीकरणलगायत प्रक्रिया पूरा गरी कालोसूचीमा राख्न सक्ने व्यवस्था छ ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया