बालुवाटारमा संवैधानिक परिषद् बैठक जारी
काठमाडौं । संवैधानिक परिषदको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा लामो समयपछि परिषद् बैठक बसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अहिले परिषद् बैठक चलिरहेको जनाएको छ ।
आजको बैठकको मुख्य एजेण्डा महालेखापरीक्षक नियुक्ति रहेको बताइएको छ । टंकमणि शर्माको कार्यकाल सकिएपछि रिक्त महालेखापरीक्षक पदका लागि आधा दर्जन बढीले आकांक्षा देखाएका छन् । तर अहिलेसम्म परिषद्ले यसबारे निर्णय लिन सकेको छैन ।
प्रधानमन्त्रीको नेतृत्वमा रहेको संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य हुने व्यवस्था छ । संवैधानिक पदमा नियुक्ति गर्ने क्षेत्राधिकार भए पनि राजनीतिक किचलोका कारण परिषद् कामयावी हुन सकेको छैन ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया