बालुवाटारमा संवैधानिक परिषद् बैठक जारी
काठमाडौं । संवैधानिक परिषदको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा लामो समयपछि परिषद् बैठक बसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अहिले परिषद् बैठक चलिरहेको जनाएको छ ।
आजको बैठकको मुख्य एजेण्डा महालेखापरीक्षक नियुक्ति रहेको बताइएको छ । टंकमणि शर्माको कार्यकाल सकिएपछि रिक्त महालेखापरीक्षक पदका लागि आधा दर्जन बढीले आकांक्षा देखाएका छन् । तर अहिलेसम्म परिषद्ले यसबारे निर्णय लिन सकेको छैन ।
प्रधानमन्त्रीको नेतृत्वमा रहेको संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य हुने व्यवस्था छ । संवैधानिक पदमा नियुक्ति गर्ने क्षेत्राधिकार भए पनि राजनीतिक किचलोका कारण परिषद् कामयावी हुन सकेको छैन ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया