प्रदेश सचिवसहित ५ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौं । प्रदेश सचिवसहित ५ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । लुम्बिनी प्रदेशको प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कर्मचारीले कृषि औजार खरिदसम्बन्धि भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन् ।
तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली तथा आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीविरुद्ध मुद्दा दायर भएकोमा सबैले सफाइ पाएका हुन् ।
मन्त्रालयले किसानहरुलाई कृषि यन्त्र आपूर्ति गर्न स्वीकृति प्राप्त आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार प्रा.लि. भरतपुरले किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलव्ध गराउने भनी फारम भराई सोही अनुसार रकम लिएको र मिनी टिलर तथा अन्य यन्त्र उपकरण सबै चाइनिज कम्पनीको वितरण गरी अनियमितता गरेको अभियोग थियो । मन्त्रालयको कृषि यान्त्रिकरण कार्यक्रममा मिनि टिलरको झुट्ठा बिल भरपाई बनाई÷दोहोरो बिलको भुक्तानी लिने÷दिने कार्य गरेको, त्यसैगरी सम्झौता अनुसारको इन्जिन क्षमताको मिनि टिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनिटिलर खरिद गर्ने गराउने कार्य गरी प्रदेश सरकारलाई गैरकानूनी नोक्सानी पुर्याएको अख्तियारको दाबी थियो ।
४३ लाख ३७ हजार पाँच सय बिगो कायम गरी गत वर्ष मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया