डन ‘बले’लाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ

काठमाडौं । गुन्डागर्दी र जुवाबाट अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका बलराम सापकोटा ‘बले’ले विशेष अदालतबाट सफाइ पाएका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग १७ करोड ५२ लाख ७७ हजार दुई सय ६० रुपैयाँ अवैध सम्पत्ति रहेको दाबीसहित साढे तीन वर्षअघि मुद्दा दायर गरेको थियो । उनकी श्रीमती सिर्जना कक्षपतिविरुद्धसमेत मुद्दा दायर भएकोमा उनले पनि सफाइ पाएकी छिन् । सिर्जनालाई दुई करोड ५८ लाख ६४ हजार सात ४४ रुपैयाँ बिगो दाबी गरिएको थियो । सापकोटाले पञ्चकन्या हाउजिङ, भेगास सिटीमा रहेका फ्ल्याट, गाडी र बैंक खातामा रहेको नगद मौज्दातको स्रोत नखुलेको भन्दै जफतको मागदाबीसहित मुद्दा दायर भएको थियो ।
बिशेषले प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो । बलेले हाल क्यासिनो तथा पाँच तारे होटलमा लगानी गरेका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया