ताइवानमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प
काठमाडौं । ताइवानमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तट केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिण पर्छ । यो ताइबानमा पछिल्लो २५ वर्षयता गएको सबैभन्दा ठूलो भूकम्प हो ।
समाचारहरूमा भूकम्पबाट भवनहरू भत्किएको र विद्युत् आपूर्ति बन्द भएको जनाइए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
यो भूकम्पपछि ताइवानमा लगातार परकम्पहरू गइरहेका छन् । एएफपीका अनुसार केही समयअघि मात्रै ६.५ म्याग्निच्युड परकम्प गएको छ ।
भूकम्पको धक्का चीनमा समेत महसुस भएको छ । चिनियाँ सरकारी मिडियाका अनुसार, फुजियान प्रान्तका भूकम्पको झड्का महसुस भएको छ ।
उता ताइवानको अर्को छिमेकी देश जापानमा भने सुनामीको चेतावनी दिइएको छ । त्यहाँको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामीको खतरा औंल्याएको हो । सुनामीको सम्भावना देखिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाइएको छ ।
जापानपछि फिलिपिन्सले पनि सुनामीको चेतावनी जारी गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार, प्रशासनले तटीय इलाका खाली गर्न भनेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया