NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

मिश्रित वित्तको प्रयोगः यसका फाइदा र जोखिमहरु 

मिश्रित वित्त (दिगो विकासका लागि सार्वजनिक व्यवस्थापनमा विकास हुँदै गरेको एउटा अवधारणा) को प्रयोग कसरी गरिन्छ ? यसका फाइदा र जोखिमहरु के के हुन् व्याखा गर्नुहोस् ।
उत्तर
मिश्रित वित्त(Blended Financing)
मिश्रित वित्त विकासोन्मुख देशहरूमा दिगो विकासतर्फ थप बजेट परिचालन गर्ने विकासको रणनीतिक माध्यम वा अवधारणा हो । यसले लगानीकर्ताहरूलाई वित्तीय प्रतिफल प्रदान गर्दै दिगो विकासको लक्ष्यहरु हाँसिल गर्न सहयोग गर्दछ । मिश्रित वित्तले विशेषत् ठूला परियोजनाहरूतर्फ व्यावसायिक पूँजी आकर्षित गर्छ । यस अवधारणाले विकासोन्मुख देशहरूलाई उपलब्ध साधन स्रोतहरूको कूल मात्रालाई विस्तार र बढावाका लागि मद्दत गर्दछ ।
मिश्रित वित्तको प्रयोग
नेपालले पनि दिगो विकासको लक्ष्य हाँसिल गर्न प्रयास गरिरहेको वर्तमान सन्दर्भमा मिश्रित वित्तको प्रयोग निम्न तबरले गर्न सकिन्छ :
  •  विकास वित्त र परोपकारी सहायतामा निजी क्षेत्रको पूँजी परिचालन गरेर
  • उपभोग क्षेत्रमा जाने वित्तलाई कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरेर
  • लघु, मझौला साना उद्योगको व्यवसायमा लगानी परिचालन गरेर
  • महिला, समावेशी वित्त बजारको विकासलाई बढावा दिएर
  • जलविद्युत तथा नवीकरणीय उर्जा विकासमा निजी क्षेत्रको पूँजी लगानी बढाएर
  • जलवायु परिवर्तन जस्ता क्षेत्रका लगानीका अवसरलाई कार्यन्वयन गरेर इत्यादि ।
दिगो विकासका लागि सार्वजनिक व्यवस्थापनामा विकास हुँदै गएको अवधारणाको रुपमा रहेको मिश्रित वित्तको फाइदा र जोखिम तपशिल बमोजिम रहेका छन् :
फाइदाहरु 
  •  लगानीका क्षेत्रहरुमा वृद्धि हुन्छ जसका कारण आर्थिक वृद्धि हुन्छ
  • गरिबीको अन्त्य र दिगो विकास लक्ष्य प्राप्त गर्न र अन्य चुनौतीको सामना गर्न सहज हुन्छ
  • दिगो पूर्वाधारमा ठूलो मात्रामा मूलधारको पुँजी ९लगानी० परिचालन हुन्छ
  • नयाँ व्यापार मोडेलको खोजी वा नयाँ बजारको अवधारणा बढाउन सक्दछ
  • निजी पूँजीको जोखिम कम गर्ने र लगानीकर्तालाई थप आकर्षित बनाउछ
  •  जलवायु परिवर्तनको मुद्धामा जोडिएका कोषको लगानीको सदुपयोग हुन्छ
  •  लगानीकर्ताको जोखिम न्यूनीकरण र लगानी प्रतिफल सुनिश्चित गर्दछन् लगायत ।
जोखिमहरु 
  •  नीतिगत जोखिमता (मिश्रित वित्त सम्बन्धी)
  • भूराजनीतिक र सुरक्षा जोखिम ( विद्रोह, युद्ध, भ्रष्टाचार, आतंकवाद र अशान्तिले व्यापारको सामान्य सञ्चालनमा हस्तक्षेप गर्न सक्छ
  •  अस्थिर बृहत् आर्थिक र लगानी जोखिम सूचकहरु ( अपेक्षाकृत कम वृद्धिदर भएका बजारमा गैरपारदर्शी नियामक, कर र कानुनी प्रणालीको अभाव, पुँजी नियन्त्रण, कर बाधा र ट्यारिफहरु निजी पुँजी प्रवाहका महत्वपूर्ण अवरोध हुन्
  • साना परियोजनाहरुको वित्तमा कम पहुँच हुन जान्छ
  •  बैंकिङ तरलता र मुद्रा जोखिमको अवस्था आउन सक्छ
  • वित्तीय समावेशिताको प्रवर्द्धनमा कठिनाई हुन जान्छ
  •  स्रोतको केन्द्रीकरण हुन जान्छ
  •  वैदेशिक सहायताको पूर्ण रुपमा सदुपयोग हुन नसक्ने स्थिति सिर्जना हुन्छ लगायत ।
सारमा,
मिश्रित वित्तमा देखा परेका सम्भावित जोखिमहरुलाई न्यूनीकरण गर्दै यसका सकरात्मक पक्षहरुलाई अनुशरण गर्दै दिगो विकासका लक्ष्यलाई निर्धारित समयमा निर्धारित लक्ष्य पुरा हुने गरी कार्यन्वयन गर्न सार्वजनिक व्यवस्थापनमा मिश्रित वित्तको प्रयोग आवश्यक रहेको देखिन्छ ।