खानेपानी मन्त्री भन्छन् – अब महिला दिदीबहिनीले थाप्लो र कम्मरमा पानी बोक्नु पर्दैन

धनकुटा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालका दूरदराज र ग्रामीण क्षेत्रका महिलाले थाप्लो र कम्मरमा पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका छन् ।
साँगुरीगढी र चौबीसे गाउँपालिकामा भएको विभिन्न कार्यक्रममा सहभागी मन्त्री राईले ती कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको खानेपानी समस्या समधान गर्ने बताएका हुन् ।
“अब महिलाहरुले थाप्लो र कम्मरमा पानीको भाँडा बोक्ने दिनको अन्त्य हुन्छ।” उनले भने, “यसका लागि मैले योजना बनाउन निर्देशन दिइसकेको छु ।”
हालसम्म मन्त्रालयमा १० हजारभन्दा बढी खानेपानी समस्या समधानका लागि मागपत्र रहेको र ती सबै समस्यालाई क्रमशः समाधान गरिने उनको भनाइ थियो ।
मन्त्री राईले धनकुटाको खानेपानी समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए ।
ताजा अपडेट
-
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि
-
आरसीबीको विजय जुलुसमा भागदौड : ११ जनाको मृत्यु, शोकमा बदलियो उत्सव
-
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
प्रतिक्रिया