मेटल उद्योग आगलागीमा ज्यान गुमाउनेको पहिचान खुल्यो
काठमाडौं । ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।
शनिबार बिहान लागेको आगोमा एक व्यक्तिको मृत्यु भए पनि शवको पहिचान खुलेको थिएन । मृतकका परिवार घटनास्थल पुगेर हेरेपछि पहिचान खुलेको हो ।
पहरी सोही कारखानामा कार्यरत थिए ।
आगलागीबाट रु. १० लाख बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताए । आगलागीबाट सोफा तथा त्यसलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट हुँदा लाखौंको क्षति भएको हो ।
आगलागी विद्युत् चुहिएर भएको खुलेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया