लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिँदै, मन्त्रीमण्डल पनि गठन गर्ने
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
प्रदेश प्रमुखको कार्यालय, बुटवलमा दिउँसो १ः४५ बजे मुख्यमन्त्री महराले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिने तय भएको हो ।
संघको सत्तासमीकरण परिवर्तनलगत्तै कांग्रेसका तर्फबाट मुख्यमन्त्री नियुक्त डिल्लीबहादुर चौधरीले राजीनामा दिएका थिए । उनको राजीनामालगत्तै महरा प्रदेशसभाका ४८ प्रदेशसभा सदस्यको समर्थनमा शुक्रबार महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
यसैबीच, मन्त्री महराले शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारीसमेत गरेका छन् । त्यसका लागि उनले सत्तासाझेदार दलबीच मन्त्रालय भागबण्डाका लागि छलफल गरिरहेका छन् ।
मुख्यमन्त्री महराको सचिवालयका अनुसार, दलबीच मन्त्रालयको भागबण्डा टुंग्याएर आइतबार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाइएको छ ।
ताजा अपडेट
-
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी
-
एनपीएलका सबै खेलले पाए आईसीसीको आधिकारिक मान्यता
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो


प्रतिक्रिया