लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिँदै, मन्त्रीमण्डल पनि गठन गर्ने
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
प्रदेश प्रमुखको कार्यालय, बुटवलमा दिउँसो १ः४५ बजे मुख्यमन्त्री महराले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिने तय भएको हो ।
संघको सत्तासमीकरण परिवर्तनलगत्तै कांग्रेसका तर्फबाट मुख्यमन्त्री नियुक्त डिल्लीबहादुर चौधरीले राजीनामा दिएका थिए । उनको राजीनामालगत्तै महरा प्रदेशसभाका ४८ प्रदेशसभा सदस्यको समर्थनमा शुक्रबार महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
यसैबीच, मन्त्री महराले शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारीसमेत गरेका छन् । त्यसका लागि उनले सत्तासाझेदार दलबीच मन्त्रालय भागबण्डाका लागि छलफल गरिरहेका छन् ।
मुख्यमन्त्री महराको सचिवालयका अनुसार, दलबीच मन्त्रालयको भागबण्डा टुंग्याएर आइतबार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाइएको छ ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया