NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एक घण्टाभित्रै श्रम स्वीकृति, कसरी सम्भव भयो ?

काठमाडाैं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि एक घण्टामै श्रम स्वीकृति दिने व्यवस्थाको सुरूवात भएको छ । आइतवार वैदेशिक रोजगार कार्यालयले पत्रकार सम्मेलनमा  सो सेवाबारे जानकारी गराएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले ग्राहकले सबै कागजात पूरा गरी अनलाइन फर्म भरेको अवस्थामा श्रम स्वीकृत एक घण्टाभित्रै स्वीकृत गर्न सफल भएको बताएका हुन् ।

उनले अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्नसक्ने अवस्था भएपनि प्राविधिक समस्या, विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने सकिने व्यवस्था भएको जनाए ।

श्रममन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले सम्पूर्ण कागजहरु अनलाइनबाट कागजात पेस गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृती पाउनसक्ने  बताए ।

श्रममन्त्री अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति लिन सक्ने कार्यमा सफलता हासिल गर्नुमा आफ्रनोभन्दा पनि कार्यालयका कर्मचारीहरूको सहयोगले भएको उल्लेख गरे। कर्मचारीहरूलाई धन्यावद दिँदै उनले भने, ‘ मेरो प्रयासभन्दा पनि कर्मचारीहरूको देन हो । यसको श्रेय उहाँहरूलाई नै जान्छ । श्रममन्त्रीको मात्रै प्रयासले सम्भव थिएन । उहाँहरूको लगनशीलता, इमान्दारिताले सम्भव भएको हो ।’

त्यसबाहेक प्राविधिक समस्याको पहिचान गरी समाधन गर्दा सम्भव भएको उनले औल्याए ।

परिवार पाल्नकै लागि परिवार छोडेर विदेश जानुपर्ने बाध्यात्मक अवस्थामा पासर्पोट हातमा बोकेर गरिब नागरिक जो विदेश गएर केही गर्छु भनेर श्रम स्वीकृतिका लागि आउने नागरिकहरूलाई  श्रम स्वीकृति मिलाइदिन्छु भनेर अझ गरिब बनाउने सिस्टम मौलाएको उल्लेख गर्दै अब त्यसको पनि अन्त्य हुने बताए ।

उनले अनलाइन फर्म आफै आफ्नै मोबाइल, कम्युटरबाट भर्न सक्ने भएकाले कुनै शुल्क तिर्नुनपर्ने जनाए । साथै कसैले अनलाइन फर्म भर्दिएबापत् तोकिएको भन्दा बढी शुल्क लिन्छ भने त्यस्तालाई कारबाहीको दायरमा ल्याउने प्रतिबद्वतासमेत जनाए ।