काठमाडौंमा आज राप्रपाको प्रदर्शन, ६ हजार प्रहरी परिचालन हुने
काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राप्रपाले निषेधित क्षेत्र तोड्नेलगायतका कार्यक्रम राखेपछि सरकारले सुरक्षा सतर्कता बढाएको छ ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले आफूहरूले राखेको ४० बुँदे मागमा सरकारलाई दबाब बढाउन मंगलबार राजधानीमा प्रदर्शन गर्न लागेको जानकारी दिए । राप्रपाले गणतन्त्र खारेजी, राजतन्त्र पुनस्र्थापना, हिन्दू राष्ट्र घोषणालगायत ४० बुँदे माग अघि सार्दै आएको छ ।
सो पार्टीका अध्यक्ष लिङ्देनको नेतृत्वमा हुने प्रदर्शनी बिहान ११ बजे भृकुटीमण्डपबाट सुरु भई सरकारले निषेधित घोषणा गरेको माइतीघर मण्डलालगायत क्षेत्रमा पुग्ने सो पार्टीले जनाएको छ ।
राप्रपाले एक लाख मानिस आन्दोलनमा उतार्ने दाबी गरेको छ । सो पार्टीका अनुसार, सोमबारदेखि नै प्रदर्शनीका लागि सहभागीहरू काठमाडौं आउने क्रम सुरु भएको छ ।
यसैबीच, राप्रपाले गणतन्त्रविरुद्ध एक लाख मानिस उतारेर निषेधित क्षेत्र तोड्नेलगायत कार्यक्रम राखेपछि सरकारले सुरक्षा सतर्कता बढाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार, आन्दोलनमा ६ हजार प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया