सत्ता गठबन्धन तत्काललाई जोगियो
काठमाडौैं । वर्तमान सत्ता गठबन्धन तत्कालका लागि जोगिएको छ । सुदुरपश्चिम प्रदेशमा आफुलाई मुख्यमन्त्री नदिएको भन्दै नेकपा(एकीकृत समाजवाद)ले विद्रोहको धम्की दिएको थियो ।
एमाले र माओवादी समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएपछि सत्ता गठबन्धन जोगिएको हो । यसअघि गठबन्धनले नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने निर्णय गरेको थियो । त्यसविरुद्ध समाजवादीले सुदुरपश्चिममा नेपाली कांग्रेससँग मिल्ने प्रयास गरेको थियो ।
समाजवादी वर्तमान सत्ता गठबन्धनबाट बाहिरिदा सरकार कमजोर हुने र जुनसुकै बेला पनि ढल्न सक्ने भएकाले उसलाई मुख्यमन्त्री दिन एमाले र माओवादी तयार भएका हुन् ।
समावादीले छाड्दैमा वर्तमान सरकार ढल्दैन तर पछि जसपाले पनि त्यसैगरी सरकारबाट बाहिरिएपछि वैकल्पिक गठबन्धन बन्ने अवस्था छ। सोही कारण प्रचण्ड र केपी ओलीले समाजवादीलाई फकाएका हुन्।
अब एमालेका सांसद दीर्घ सोडारी सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री हुने सम्भावना छ । सोहीअनुसार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न दुई दिनको समय थप गरेका छन् ।
अन्य प्रदेशका सरकार समेत समस्यामा पर्ने भएपछि समाजवादीप्रति एमाले र माओवादी लचक भएका हुन् ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया