NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

पोखरामा माइक्रोबस र जीप ठोक्किए, ८ चिनियाँ घाइते

काठमाडौं । पोखरामा माइक्रो बस र जीप आपसमा ठोक्किँदा ८ चिनियाँ नागरिक घाइते भएका छन् । घाइतेको अवस्था मध्यम छ ।

पोखराको राष्ट्र बैंक चोकमा बिहीबार बिहान ४ः४० बजे बा १३ च ५१३७ नम्बरको स्कार्पियो जीप  र हाइस माइक्रो बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार, माइक्रो बसमा सवार १३ जनामध्ये ८ जना घाइते भएका छन् । जीपमा भने चालक मात्र थिए । घाइते सबै चिनियाँ नागरिक हुन् ।

घाइते सबैलाई उद्धार गरेर गण्डकी कलेज भर्ना गरिएको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

माइक्रो बस र जीप दुवैका चालक प्रहरी नियन्त्रणमा छन् । नियन्त्रणमा रहेका दुवैमाथि अनुसन्धान चलिरहेको प्रहरी भनाइ छ ।