पेस्तोल बोकेर हिडेका ठेकदार पक्राउ

काठमाडौं । प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ नयाँबस्ती पहेलो पुल नजिक बा १८ च ८३६१ नं. को सिल्भर कलरको स्कारपियो गाडीमा हतियार बोकी हिडिरहेका काभ्रेपलाञ्चोक रोसी गाउँपालिकाका मिमसिंह लामा पक्राउ परेका हुन् ।
प्रहरी वृत्त बौद्धले सुराकीको आधारमा उनलाई पक्राउ गरेको हो । उनी ठेक्कापट्टामा संलग्न रहेको खुलेको छ । उनको गाडी समेत बरामद गरी उनको सम्पत्तिको स्रोतबारे समेत प्रहरीले छानबिन अघि बढाएको छ । लामा गुन्डागर्दीमा समेत संलग्न रहेको आशंका प्रहरीको छ ।
ताजा अपडेट
-
यस्तो छ त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टिम
-
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
-
राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
-
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
प्रतिक्रिया