NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

एक वर्षमा एमालेको आम्दानी २२ करोड

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेकपा(एमाले)ले २२ करोड ८० लाख ४ हजार ६९१ रुपैयाँ आम्दानी गरेको छ । शनिबार सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा केन्द्रीय लेखा आयोग अध्यक्ष पुष्प कँडेलले पेस गरेको प्रतिवेदनअनुसार एक वर्षमा २१ करोड ६५ हजार ७७६ खर्च भएको छ । एमालेको खातामा भने १२ करोड ६९ लाख ७ हजार ७१८ रकम मौज्दात रहेको छ ।

त्यस्तै २०८० असार मसान्तसम्ममा स्थिर तथा अन्य सम्पत्ति (भवन निर्माणसमेत) ५ करोड ९२ लाख ५४ हजार ३८ रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ । विभिन्न कोषहरूमा देखिएको एकमुष्ट रकम ५ करोड १३ लाख २२ हजार ८४८ मध्ये कार्यकर्ता संरक्षण कोषमा १ करोड ३५ लाख ३० हजार ५६७ र अन्य कोषतर्फ ३ करोड ७७ लाख ९२ हजार २८१ रुपैयाँ रहेको छ ।

गएको आर्थिक वर्षमा आम्दानी र खर्च धेरै भएको छ । विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनका कारण पनि आम्दानी र खर्च धेरै भएको हो । एमालेले सदस्यता शुल्कबाट ६ करोड ८५ लाख ६३७ र लेबी १२ करोड २६ लाख २५ हजार २०१ रुपैयाँ उठाएको थियो । विधान अधिवेशन खर्च ४ करोड ६३ लाख ६५ हजार ९९५ र दशौं महाधिवेशन खर्च ११ करोड ७ लाख १० हजार ९८८ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० मा कुल आम्दानी ८ करोड ९७ लाख २२ हजार ०६५, कुल खर्च ११ करोड ६० लाख ७ हजार ५८ भई आम्दानीभन्दा बढी खर्च २ करोड ६२ लाख ८४ हजार ९९२ देखाइएको छ । आर्थिक वर्ष २०७९/८० मा पार्टीको खर्च आम्दानीभन्दा बढी हुनुमा संघीय र प्रदेश निर्वाचनमा ३ करोड ९४ लाख ४८ हजार ८०६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष