एक वर्षमा एमालेको आम्दानी २२ करोड
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेकपा(एमाले)ले २२ करोड ८० लाख ४ हजार ६९१ रुपैयाँ आम्दानी गरेको छ । शनिबार सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा केन्द्रीय लेखा आयोग अध्यक्ष पुष्प कँडेलले पेस गरेको प्रतिवेदनअनुसार एक वर्षमा २१ करोड ६५ हजार ७७६ खर्च भएको छ । एमालेको खातामा भने १२ करोड ६९ लाख ७ हजार ७१८ रकम मौज्दात रहेको छ ।
त्यस्तै २०८० असार मसान्तसम्ममा स्थिर तथा अन्य सम्पत्ति (भवन निर्माणसमेत) ५ करोड ९२ लाख ५४ हजार ३८ रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ । विभिन्न कोषहरूमा देखिएको एकमुष्ट रकम ५ करोड १३ लाख २२ हजार ८४८ मध्ये कार्यकर्ता संरक्षण कोषमा १ करोड ३५ लाख ३० हजार ५६७ र अन्य कोषतर्फ ३ करोड ७७ लाख ९२ हजार २८१ रुपैयाँ रहेको छ ।
गएको आर्थिक वर्षमा आम्दानी र खर्च धेरै भएको छ । विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनका कारण पनि आम्दानी र खर्च धेरै भएको हो । एमालेले सदस्यता शुल्कबाट ६ करोड ८५ लाख ६३७ र लेबी १२ करोड २६ लाख २५ हजार २०१ रुपैयाँ उठाएको थियो । विधान अधिवेशन खर्च ४ करोड ६३ लाख ६५ हजार ९९५ र दशौं महाधिवेशन खर्च ११ करोड ७ लाख १० हजार ९८८ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७९/८० मा कुल आम्दानी ८ करोड ९७ लाख २२ हजार ०६५, कुल खर्च ११ करोड ६० लाख ७ हजार ५८ भई आम्दानीभन्दा बढी खर्च २ करोड ६२ लाख ८४ हजार ९९२ देखाइएको छ । आर्थिक वर्ष २०७९/८० मा पार्टीको खर्च आम्दानीभन्दा बढी हुनुमा संघीय र प्रदेश निर्वाचनमा ३ करोड ९४ लाख ४८ हजार ८०६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया