NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

सेनाले माग्यो एकै पटक २५७४ जनशक्ति (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा २ हजार ५७४ जनशक्ति माग गरेको छ । सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरू सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकारमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी विज्ञापन आह्वन गरिएको हो ।

नेपाली सेनाले एक सूचना जारी गरी योग्यता पुगेका नेपाली नागरिकलाई आगामी जेठ १२ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । आवेदन ८ कक्षा उत्तीर्ण गरेका १८ वर्ष पूरा भई २२ वर्ष ननाघेका विद्यार्थीले दिन सक्नेछन् ।